Life, Nepali Poems, Poems

दिमाग त मन को इर्श्या गर्दो रहेछ

दिमाग त मन को इर्श्या गर्दो रहेछ,
त्यसै त्यसै अनेक कुरा भर्दो रहेछ ।
दुई दिन के रमाएको थिए, थाकेर बसिहाल्न कर गर्दो रहेछ ।
दिमाग त मन को इर्श्या गर्दो रहेछ।

मेरो मन त चरी बन्ने, खुल्ला आकाशमा जिवन उदाउँछ,
दिमाग चाहिँ संसारिक पिँजडा बुन्ने रहेछ।
आफै त्यहाँको कैदी बनेको उसलाई के थाहा, उसले त आफुले आफूलाई विशिष्ट सोच्दो रहेछ।
अनेक थरीका सूचना बटुलेर, आफ्नो कामलाई विशेष भन्दो रहेछ।

मन त कलाकार बन्ने, सपना बुन्दै दिन बिताउने गर्दछ ।
दिमागलाई चाँहि अनेक धन्दा परेको छ, सपना को त बिस्वास नै गर्न छोडेको रहेछ।
मन र बुद्धि आपसमा मिल्ने गर्थे रे, अहिले त बाटो नै फरक परेको छ ।
दिमाग त्यो सिपालु बन्न हिड्यो, मनलाई त आफ्नै धुनमा रमाउने बानी छ ।

अनेक कुरा सोची वरी गोधुलिएछ क्यारे, धुम्म पर्दै दिमाग त मन को इर्श्या गर्दो रहेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s