म बच्चै थिए ,मेरो कक्षामा म खेल्दै थिए ,
मेरा साथीहरु त्यसतै,
त्यो पेन्सन ,सापनर,रबर र त्यसबाट बनेको प्लेन
च्यात्तिएको पाना र त्यसको डुङ्गा
सरुको कैँची र त्यसबाट काटेको फूल ।।
म बच्चै थिए र यसरी नै बन्दै थियो मेरो एउटा सपना
मेरो आफ्नै ठुलो घर,मेरो आफ्नै कोठा,
मेरो कोठामा मेरो आफ्नै खेलौना, परिवार ,खाना र साथीहरू ,
सपना सजिलो थियो, धेरै सजिलो।
त्यही सपना लिएर म घर फर्किए ,
भोलि सनिवार ,सनिवारको लागि मेरो आफ्नै सपना
बिहान अबेर सम्मको सुताइ, उठाइ
ममीको थैलोबाट पाँच रुपैयाँको चोरी
टाढा त्यो पोखरी, त्यहा दिनभरको पौडाइ
र घर फर्केपछी ममीको रामधुलाई
सपना सजिलो थियो, धेरै सजिलो।
तर भोलि बिहान सबेरै उठियो, सबेरै उठाइयो
अब हामीले घर सर्ने अरे, हाम्रो घर हाम्रो रहेन अरे
ममीलाई सोधे किन??
ममी पिलपिल, बुबा स्तब्ध, दिदि पिलपिल
अबेरसम्मको सुताइ क्यान्सल, पौडी क्यान्सल
तर पाँच रुपैयाँ त मलाई चोर्नु नै थियो,
टफि जो खानु थियो।
मलाई टफि टफि लागेन, तितो कफि लाग्यो
सुने टहरा त हाम्रो हो तर जग्गा हाम्रो थिएन
हावामा बनेको अरे हाम्रो घर,
तर जग्गा जसको त्यसमाथिको हावा पनि उसकै
अब मेरो सपना, सपना बन्यो
सजिलो थिएन ,धेरै गार्हो ।।