म सानै थिए ,
कक्षा कोठामा म रुदै थिए ।
सायद स्कुलको पहिलो दिन भएर होला।
त्यो रंगिन भित्ता ,अनेकौं खेलौना,कखरा….अक्षर, छेउको साथी, हाँस्दै गरेको साथी, म जस्तै रुदै गरेको साथी,मायाले बोलाउने मिस।।।।।
सबै फिक्का थियो,
किनकी मलाई ममी जानुथियो।।
ममी मेरो रुने साथी
ममी मेरो हस्नेे साथी
माया गरिदिने साथी ।।
ममी माया देखाउने शिक्षक
ममी अनुभब सिकाउने शिक्षक
ममी त जीवन सिकाउने शिक्षक ।।
म कक्षामा रुदै थिए ,किनकी….
या त मलाई ममी जानू छ
या ममी जस्तै कक्षा चाहिन्छ ।।
(Dedicated to my mom and every teachers who love their students as mom)