Stories, Travel

प्रतिक्रिया

स्थिती तनावपुर्न थियो तर मनस्थिती शान्त।। शाँखुको रमाइलो यात्राबाट घर फर्किदै गर्दा बसको गति संगै बढ्दै गएको हावाको बेगले मलाई हान्यो। मैले पुरै खुल्ला भएको सिसाको झ्याल ड्याम्मै बन्द गरे तर त्यो सिसाले सानो झट्का खाने बितिकै झ्र्याम्म… आवाज निकालेर साना साना टुक्रामा फुट्यो। सबैले म तिर हेरे, के भएको हो थाहा पाउन सबैलाइ केही समय लाग्यो। डा्इभर अगाडि बाट जोडले कराउन थाल्यो, “को हो त्यो सिसा फुताउने हेर हेर, कस्ता राछेसहरु…..” म आफ्नो शरीरमा खसेकाे सिसाका टुक्राहरु निकाल्दै अर्को सिटमा बसे।

के कसरी भयो, यो घटनाको पूरा जान्कारी म बाहेक आरुलाई थाहा भएन, म अर्को सिटमा बसेपछि खाली शीट र फुटेको सिसा हेर्दै मान्छेहरु कसरी सिसा फुटेछ भन्दै टिप्पणी गर्दै थिए। अगाडि द्राइभर भने गाडी हाक्दै ठूलो आवाजमा गालि गर्दै थियो, “को राक्षस रहेछ, जाँड धोकेर आएछ कि के हो, को रहेछ, हेर त हेर….” खलासीले कसले सिसा फुटाएको भन्ने कुरा थम्याउन सकेन, अरु मान्छे पनि आफ्नै तालमा फर्के। म अलि ढुक्क भए अनि डा्राइभरको गाली सुन्दै फुट्न लागेको अर्को सिसामा हेरे। हरियो लेउ लागेको सिसा धेरै कम्जोर र पुरानो देखिन्थ्यो। सायद त्यो सिसा भोलि फुट्छ होला। कस्को धेरै गल्ती छ?, सिसा बन्द गर्ने म अथवा कम्जोर सिसा राख्ने बस। म संग तर्क थियो त्येसैले मन शान्त भयो तर आगाडि भिउ मिररमा डा्राइभरको आनुहार देखिन्थ्यो। डा्राइभरको अनुहार रिसले रातो भएको देखेर फेरि डर लाग्यो, रिसको अगाडी केका तर्क, थाहा पायो भने? आगाडि कोटेश्वरमा गाडी रोकेर छानबिन गर्यो भने?? म कोटेश्वर नपुग्दै तिनकुनेमा झरे। त्यहा पनि बाटोमा सिसाका टुक्राहरु छरिएका थिए, सायद अर्कै गाडिको होला।

पछाडिबाट मान्छेको हुल बोक्दै कमलबिनायक जाने बस आयो। जसो तसो चधे, pack गाडीमा दुई हात बाहेक अरु केही चलाउन मिल्ने अवस्था रहेन। सानो गाडीको gangway मा सबै ज्ञानि भएर दुई लाइन मिलाएर बसेका थियौ।जडिबुटी पुग्नै लाग्दा एकजना दाइ झर्नु पर्ने भएकोले मलाई पछाडी जान भन्दै अगाडी बढे। दाइ अगाडि सरे पछि मैले मरो खुट्टा पछाडि लगे तर मेरो खुट्टाले एक महिलाको खुट्टामा छोएछ। “कस्तो मान्छे, लाटिले लाग्यो, हेरेर सर्न सक्दैन!!!”, क्रोध पुर्न आवाज गुन्जियो बसमा। त्यो सुनेर मलाई झनक्क भयो। “येस्तो हुलमा, के भन्नुभएको, अलि त लागि हाल्छ नि, अनि यहाँ कसले कसको खुट्टा देखेको छ र, टेक्ने ठाउँ त छैन, खुट्टा उचाल्यो कि अरुको खुट्टामा छोइन्छ।”, मैले तुरुन्तै मनमनै भने। तर मुख बाट SORRY मात्रै निस्कियो। SORRY भने पनि मनका सबै भावहरु मिसिएकोले होला, ठाडो सुनियो। SORRY सुनेर नपचेको आनुहार लगाउदै ती महिलाले एक सेकेन्ड पनि wait नगरी Instant React गरिन्,”यो ब्यागले कस्तो अप्थ्यारो पारेको, फुकालेर माथी राखेपनी हुने नि…” मलाई अघी भन्दा दोब्बर झनक्क भयो। “केही नभएको खाली ब्यागले के अप्थ्यारो पार्यो होला, येतिको खाली ठाँउमा त येस्तो ब्याग दुई वटा अटाउछ।”,फेरि मनमनै चिच्याए। तर केही बोलिन, झत्तै ब्याग खोलेर हातमा समाते। माथि ब्याग राख्ने ठाउँमा हेरेको धुलै धुलो रहेछ, ब्याग हतैमा समात्दै उभिरहे। म त्यो महिला तिर फर्क, फेरि केही बोल्न खोजे जस्तो लाग्यो तर बोलिनन्, अलि शान्त भए जस्तो देखिन्थ्यो।

म अझै पछाडि सरे, गठ्ठाघर पुग्नै लाग्दा मेरो अगाडिको सिटको दाइ उठ्नुभयो,मैले सिट पाए। सबै दु:ख सकियो, म फेरि खुसी भए। ति महिला तिर हेरे, भर्खरै उठ्नुभएको दाइ तिनलाइ धक्का दिदै बाहिर निस्किदै थिए। तर यो पटक ती महिला केही बोलिनन्, अनुहार शान्त देखिन्थ्यो, केही सोच्दै थिइन सायद, सायद नयाँ अनुभव महसुस हुँदै थियो होला। केहीछिन पछि उनले म बसेको सिटको अगाडी सिट पाइन, बस्ने क्रममा हाम्रो आँखा ठोकियोे। मैले देखे ती आखामा रिस थिएन, मात्रै थोरै ग्लानी भाव थियो।।।