Book Reviews, Life, Stories

खबुज: एक नराम्रो सपना

“अनेक जीवन जिउनु छ भने किताब पढ्नु।”, यो भनाइको महसुस खबुजले दिलायो।

एउटै पृथ्वीमा बसेर पनि हामीहरुको संसार कति फरक छ। म त नजिबको जीवन जिउने परिकल्पना पनि गर्न सक्दिन। त्यो कहालीलाग्दो जिवनबारेे सोच्दा पनि त्यसै मन आत्तिन्छ। खाडी मुलुकको रेगिस्तानमा बन्दी बनेर एक जनावर भन्दा पनि बत्तर जिवन, अथाह मजदुरी, अन्त्यहिन पिडा र बाहिरी दुनियाँसंग सम्बन्ध बिछोड। अर्बब(मालिक)ले देखाएको बन्दुकको त्रासमा नजिब सयौं बाख्राहरुको गोठालो गर्दै आफुनै एक बाख्रो बनेको छ। र लाग्छ त्यो जिवननै सुकाउने मरुभुमीबाट निस्कने एउटा मात्रै बाटो मृत्यु हो।

किताबको अन्त्य सम्म पनि मैले यो काल्पनिक कथा नै होला सोचेको थिए। तर जब ‘लेखकिय’ पढे र यो साचिकै जिवनको कथा हो भन्न्ने थाहा पाए मेरो आङ नै सिरिङ्ग भयो। आफुले देखे सुने र कल्पना गरे बहेक पनि धेरै पत्याउनै गाह्रो सत्यहरु छन यहाँ।

हो त, कोहि नजिबको कथाको पात्र बन्नबाट कति नै टाढा छ र। +२ पढ्दै गर्दा मेरो पनि सपना खाडी मुलुक नै त थियो नि। अझै पनि भाषा, सीप, बिना खादी मुलुक छिर्नेहरुको लाम लामै छ। ती मध्ये कति त अशिक्षित हुन्छन् , कति त निरक्षर पनि। त्यो अनकन्टार देशमा पोकापोकि सपना लिएर पुगेका सोझासाझा मान्छेहरुको दसा नजिबको जस्तै हुन केही गारो छैन, मात्र एउटा गलत नियत। गलत नियत जसले श्रमको अपहरण गर्छ र मानिसका जिवनहरु लाई बजारका जिनिसहरु जस्तै गरि बेचिदिन्छ।

खबुज एक नराम्रो सपना जस्तै लागि रहेको छ मलाई। सायद यो नराम्रो सपना मात्रै नै भैदिएको भए हुन्थ्यो। तर यो त गरिब मुलुकका अशिक्षित गरिब जनता, वैदेशिक रोजगारमा हिडेका दुर्भाग्य खप्नेहरु माझ पटक पटक दोहोरिरहने नमिठो सत्य हो।

हाल अर्को किताब समाएको छु। तिब्बतको सिमानाको पछि गएर नुन ब्यापारी हुनुपर्ला भन्दै हुर्किएको केटोको बारे पढ्दै छु, जो नेत्र चिकित्सा छेत्रका लागि बर्दान हुनुभयो। सन्दुक रुइत।

यो लकडाउन पहेले जस्तै नै असहज महसुस भयो, अझ त्यो भन्दै बढी। किताब यस्तो समयमा धेरै राम्रो साथी बनेको छ। पहुँचमा हुनुहुन्छ भेने पढ्नुहोला है।

Leave a comment