Life, Stories

केही कुरा भन्न मन छ।

तिमी संग मनको धेरै कुरा पोख्न मन थियो  तर कुन्नी केले हो जहिले पनि तिमीलाई फोन गर्न समय मिलाउछु  भन्दा भन्दै त्यसै बिर्सिन्थे। हाम्रो भेट एउटा कार्यक्रममा भएको थियो। त्यतिबेला नै मैले तिमी बिरामी भएको कुरा थाहा पाएको हुँ र तिमी स्वस्थ पनि भैसकेकि थियौ। किनकिन पहिलो परिचयमा नै मैले तिमिलाई अपनत्वको अनुभव गरेकी थिए। मैले त्यहि कार्यक्रममा थाहा पाएकि तिमी त क्यान्सर पीडित भएर पनि क्यान्सर माथी बिजय हासिल गरेकी रहिछ्यौ, खुसी लाग्यो मलाई।
म पनि तिमी जस्तै क्यान्सर पीडित थिए, मैले पनि सबैको भनाइ अनुसार क्यान्सर माथि बिजय प्राप्त गरेकी छु। र सबैले भन्ने गर्छन तपाईं त हाम्रो लागि उदाहरण हुनुहुन्छ, प्रेरणाको श्रोत हुनुहुन्छ, तपाईंले त पुनर्जीवन पाउनुभएको हो आदि आदि भन्छन। यी सबै कुरा सुन्दा म झसङ्ग हुन्छु, अझै पनि म यस्तो सारो बिरामी भएको थिए र जस्तो लाग्छ। किमोको पीडा आफुले लिएपछी थाहा पाए एक हप्ता सम्म दुखेर रोएर बस्थे। आफ्नो शरीर र रुप देखेर आफैलाई अनौठो लाग्थ्यो। ६ वटा किमो लिउन्जेल दुखाइको लागि भनेर एक हप्ता सम्म सहेर मानसिक रुपमा तयार भएर बस्न थाले। छैठो किमोले त झन्दै झन्दै मेरो जिन्दगीलाई लगेको हो कि जस्तो भान हुन थाल्यो। तर अहिले फेरि पनि आनन्दको जीवन भोगीरहेको छु। मलाई मृत्युसंग डर छैन तर पीडा संग डर लाग्छ। मेरो मन भने कहिले कहिले डराउछ, अब पनि कुनै रोगले मलाई समात्ने हो भनेर चिन्तामा भएपनि आफैलाई फकाउदै बाचिरहेछु, भगवान माथी भरोसा गर्छु, धन्यवाद।

Leave a comment